काठमाडौं, २५ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको बैठक बस्दैछ ।
जसपाको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्ने सांसद राजकिशोर यादवले जानकारी दिए । यादवले मुलुकको परिवर्तित राजनीतिक अवस्थाका विषयमा संसदीय दलको बैठकमा छलफल हुने बताए ।
राजपा निर्णायक शक्ति हुन पुगेको छ । प्रधानमन्त्री केपी ओलीलाई राजपाले साथ दियो भने सरकार बच्नेछ ।
सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई ब्युँताइदिएपछि मुलुकको राजनीति नयाँ मोडमा गएको छ ।











प्रतिक्रिया