
शिकागो, २४ फागुन । एनआरएनए अमेरिकाको अध्यक्षमा तिलक केसीले उम्मेदवारी दिएका छन् ।
विस्कन्सनमा रहेर व्यवसायमा सक्रिय केसीले शनिबार साँझझ एक अनलाइन पत्रकार सम्मेलन तथा घोषणा सभा कार्यक्रम मार्फत औपचारिक घोषणा गरेका छन् । नेपाली जोडौ भन्ने मुल नाराका साथ चुनावमा होमिएका केसीले एआरएन अमेरिकामा सबैको पहुँचमा लैजाने बताएका छन् ।
अहिलेको चुनावबाटै एक डेभाइस एक भोट, फेस रिडिङ सिस्टम, चुनाव प्रक्रियादेखि घोषणासम्म प्रत्येक अध्यक्षका उम्मेदवारका प्रतिनिधिको रोहवरमा हुनुपर्ने जस्ता मागसहित केसी मैदानमा आएका छन् ।
घोषणा कार्यक्रममा पूर्वअध्यक्ष शिव राई, एनआरएन अभियान्तहरु सञ्जय थापा, नारायण कँडेल, टेक गुरुग लगायतले केसीलाई शुभकामना दिएका थिए ।
बर्तमान बोर्ड अफ डाईरेक्टर केसी नेपालको त्रिवि क्याम्पसको स्ववीयु सचिव, प्राध्यापक, मानवअधिकारकर्मी हुँदै अमेरिकामा पनि बिभिन्न सामाजिक संस्था सक्रिय छन् ।















प्रतिक्रिया