६ मंसिर २०८३, आइतबार

प्रचण्ड–माधव समूहको स्थायी समितिको बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले स्थायी समितिको बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी समितिको बैठक बस्न लागेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार बिहान ११ बजे स्थायी समितिको बैठक बस्ने जानकारी दिएका छन् ।

उनीहरूले आइतबार नै कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए । प्रचण्डले सर्वोच्चको फैसला अपेक्षाअनुसार नभएको प्रतिक्रियासमेत दिएका छन् ।