
काठमाडौं, २३ फागुन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण शुरु भएयता हालसम्म विदेशमा रहेका ३४१ जना नेपालीको मृत्यु भएको छ ।
यो साता थप २ जना नेपालीको निधन भएसँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३४१ पुगेको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता बेलायतमा बस्दै आएका दुई जना नेपालीको मृत्यु भएको हो ।
समितिका अनुसार हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् ।
गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।
शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत हो ।
संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया