२९ आश्विन २०८३, बिहिबार

अमेरिकी सरकारद्वारा राजदूत डा.खतिवडालाई मूर्ति हस्तान्तरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति (लक्ष्मी नारायण)को मूर्ति हस्तान्तरण गरेको छ ।

राजदूत डा.खतिवडालाई वासुदेव–कमलाजाको मुर्ति अमेरिकी सरकारका प्रतिनिधि तथा एफबिआइका उप सहायक निर्देशक टिमोथी एन डनह्यामले दूताबासमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

३५ वर्षदेखि हराइरहेको मूर्ति टेक्सस राज्यको ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो । त्यसपछि पुरातत्त्वका अध्येताहरूले अन्तर्राष्ट्रिय तहमा सरोकार राख्न थालेका थिए ।

चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास संग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो । तर त्यसका लागि संग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन मागेका थिए ।

उक्त मूर्ति पाटन मन्दिरको हो भने १९९० सालदेखि नै ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनी गरि रहेको थियो ।