२९ आश्विन २०८३, बिहिबार

मेराविरुद्ध अनर्गल प्रचार गरियो : सचिव ढकाल

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । प्रवासी नेपाली मञ्च यूएईका सचिव भेषराज ढकालले आफ्नाविरुद्ध अनर्गल प्रचार गरेको बताएका छन् ।

सञ्चारमाध्यममा भ्रमपूर्ण, खेदजनक र दुराग्रहीपूर्ण समाचार लेखेर आफूविरुद्ध अनर्गल प्रचार गरिएको उनको भनाइ छ । विभिन्न लाञ्छनाहरु लगाएर आफ्नाविरुद्ध समाचार प्रकाशित गरिएकोप्रति ध्यानाकर्षण भएको बताउँदै उनले अनुमानका भरमा लेखिएको समाचारप्रति खेद प्रकट गरेका छन् ।

कपोलकल्पित, भ्रामक, मित्थ्या र दूराग्रहपूर्ण समाचार प्रकाशित गरेर आम मानिसलाई मुर्ख बनाउन खोजिएको आरोप ढकालले लगाएका छन् । तर, सधैंका लागि मानिसलाई मुर्ख बनाउन नसकिने र एक दिन सत्य सत्यनै पुष्टि हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

केही दिनअघि एक अनलाइनले उनकाविरुद्ध हुण्डी कारोबारीको आरोप लगाउँदै समाचार प्रकाशित गरेको थियो । सो समाचार एकतर्फी र अपुष्ट रहेको ढकालको दाबी छ ।