२९ आश्विन २०८३, बिहिबार

साईप्रसमा नेपाली महिला निधन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साईप्रस । युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ ।

मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं। १ पाण्डेगाउँ रहेको जनाएको छ ।

सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली संघ साईप्रसले बिहीबार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराइएको बताए ।

सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल पठाउने बताए ।