बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सिटिजन्स बैंकका ग्राहकहरुले र एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट प्राप्त गर्ने

दैनिक नेपाल २०७७ फागुन २० गते १६:५०

काठमाडौँ, २० फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेस प्रा.लि.बानेश्वरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक महानूभावहरुले ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेस प्रा.लि.मा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव ७ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित