बुधबार, ८ वैशाख २०७८
DainikNepal.com
बुधबार, ८ वैशाख २०७८

ओपो एफ १९ प्रो सार्वजनिक हुने निश्चित, नेपालमा चाँडै सार्वजनिक गरिने घोषणा

दैनिक नेपाल २०७७ फागुन १९ गते १८:३४

काठमाडौँ, १९ फागुन । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १९ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको हो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १९ प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ ।

फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ ।

हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापी, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

सन् २०१६ मा पहिलो पटक नेपालमा सार्वजनिक गरिएको एफसिरिजका फोनहरु ओपोको सर्वाधिक लोकप्रियमध्यको मानिन्छ । कम्पनीको एफ सिरिजका लाइन-अपमा ओपो एफ १९ प्रोन याँ समिकरणका रुपमा सार्वजनिक हुनेछ ।

हाल सम्म कम्पनीले ओपो एफ१९प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौँ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ ।

तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोनका बारे थप जानकारीका लागि आपो नेपालको सामाजिक सञ्जाल पेजमा थप अपडेटका लागि अवश्य जानु होला ।

प्रतिक्रिया
सम्बन्धित