शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा

दैनिक नेपाल २०७७ फागुन १९ गते ८:२७

काठमाडौं, १९ फागुन । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिन सक्ने गरी १०८ एमपी क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ ।

कम्पनीले भच्र्युल कार्यक्रममार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको क्यामेराबारे जानकारी दिएको छ । ८औँ सिरिजको यस मोबाइलले स्मार्टफोन क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्ने दावी कम्पनीको छ ।

रियल ८ प्रोको क्यामेरा सामसुङको पछिल्लो उत्पादनमा प्रयोग गरिएको १०८ एमपी क्यामेराको स्वरुप अनुसार १–१.५२ सेन्सरर १२०००–९००० पिक्सेलमा केन्द्रित भएर निर्माण गरिएको छ । यसमा रहेको ठूलो एकल–पिक्सेल साइजले गुणस्तरीय तस्वीरको सुनिश्चितता गरेको छ ।

यसैगरी एचएम२ले नाइन–इन–वानपिक्सेल बिन्निङ, आइएसोओ सेल प्लस र स्मार्ट आइएसोओमोबाइल तस्वीर सेन्सरका कारण यो फोन स्पष्ट रउत्कृष्ट तस्वीरका लागि सक्षम छ ।

रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामेराले उज्यालो र अँध्यारो दुबैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्दछ । जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा छैन, अझ राम्रोसँग फोटोको विवरण हेर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित