बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

नयाँ स्वाद र लेबलमा आइसबर्ग बियर बजारमा प्रवेश

दैनिक नेपाल २०७७ फागुन १८ गते ९:०४

काठमाडौं, १८ फागुन । नेपालको पूरानो र लोकप्रिय बियर आइसबर्ग सोमबारबाट नयाँ स्वाद र लेबलमार्फत बजारमा आएको छ ।

हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरूले नयाँ स्वादका साथ सेवन गर्नसक्नेछन् ।

गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ ।

विशेषगरी नेपाली युवाहरूलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो ।

यसको ६५० एमएलको बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनी विश्वस्त छ ।

आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नवीन ढंगबाट ल्याइएको हो । कम्पनीले विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको लम्च गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित