आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सिंगटी हाइड्रोको आईपीओ आज ३ बजे बाँडफाँट हुँदै

दैनिक नेपाल २०७७ फागुन १७ गते १४:३८

काठमाडौं, १७ फागुन । सिंगटी हाइड्रो इनर्जी कम्पनीले स्थानीयका लागि विक्री गरेको साधारण शेयर (आईपीओ) आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा आईपीओ बाँडफाँट गरिने भएको छ ।

सिंगटी हाइड्रोले गत माघ ४ गतेदेखि फागुन ३ गते सोमबारसम्म आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि शेयर जारी गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।

स्थानीय बासिन्दाको शेयरमा १९ हजार १९८ जना आवेदकबाट १७ लाख ४५ हजार ३५३ कित्ताको लागि आवेदन परेको छ ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र बिगु गाउँपालिका–५ चिलंखामा पर्ने सोरुङखोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित