बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्मार्ट डोको नेपालमा उच्च मूल्याङ्कन ई–कमर्सको रूपमा मान्यता प्राप्त

दैनिक नेपाल २०७७ फागुन १६ गते १५:४६

काठमाडौँ, १६ फागुन । नेपाली ई–कमर्स् कम्पनी स्मार्ट डोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंकसहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।

स्मार्ट डोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जसमा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ ।

स्मार्ट डोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १० हजार भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।

ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन्ः

– रिंगरोडभित्र निःशुल्क डेलिभरी

– हरेक खरीदमा रिवार्ड पोइन्ट

– भारी छुट र छुट कुपनहरू

– सजिलै रिटर्न गर्न सकिनेछ

– भुक्तानी विकल्प (नगद /कार्ड/सेलपे/ई–सेवा/मास्टरकार्ड)

“सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गरेकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभचिन्तकहरुलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

स्मार्ट डोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास गर्यौँ । अन्तमा, हामी दुवै प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ्ग ई–कमर्स् एप हुन सफल भयौं । हाम्रा लागि ग्राहक सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकोे छ र हामीले हाम्रा ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्न गरेका छौं । स्मार्ट डोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्याङ्कन गरिएकोमा हामी सही दिशातर्फ छौं भन्ने हामीलाई लाग्दछ तर हाम्रो गन्तव्य अझै टाढा छ ।

उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियानमार्फत हामी ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन हाम्रा प्रयासहरु केन्द्रित गर्नेछौं र सबैभन्दा महत्वूर्ण कुरा, हाम्रा ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउनेछौँ “, कम्पनीका अध्यक्ष तथ सिईओ दिकेश मलहोत्राले भने ।

प्रतिक्रिया
सम्बन्धित