शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

दैनिक नेपाल २०७७ फागुन १६ गते १४:५९

काठमाडौँ, १६ फागुन । मुक्तिनाथ विकास बैंक लि.ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत फागुन १६ गतेदेखि फागुन २३ गतेसम्म भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँही अफर समय अवधि फागुन १६ गतेदेखि फागुन २३ गतेसम्ममा भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन् । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित