बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

दैनिक नेपाल २०७७ फागुन १५ गते ८:५४

काठमाडौं, १५ फागुन । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।

सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरूलाई प्रतिव्यक्ति बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।

सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरूको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित