८ कार्तिक २०८३, आइतबार

नेप्सेमा भारी गिरावट हुँदा सबै समूह ओरालो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । यो साता नेप्सेमा भारी गिरावट आएको छ ।

हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा ४४.९४ अंकको गिरावट आएको छ । जसले गर्दा अन्य दिनको तुलनामा कारोबार पनि न्युन भएको छ ।

६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ । बजार २५५४.१३ विन्दुमा अडिएको छ । जीवन बिमातर्फ गिरावट देखिए पनि सबै समूह ओरालो लागेका छन् ।

घटेको बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको आज ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको हो ।

आज यसको सेयर मूल्य भने ५ सय ४३ रुपैयाँ रहेको छ । दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्यमा बृद्धि भएको छ