शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेप्सेको अनलाइन प्रणालीमा समस्या आएपछि निफ्राको शेयर कारोबार स्थगित

दैनिक नेपाल २०७७ फागुन १२ गते १२:०८

काठमाडौँ, १२ फागुन । निफ्राको शेयर कारोबार स्थगित भएको छ ।

कम्पनीको शेयर बिक्रीका लागि एउटै मूल्यमा आएको अधिक कारोबार चापले नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि निफ्राको कारोबार केही समयको लागि स्थगित गराइएको हो ।

एउटै कम्पनीको कारोबार चापले समग्र नेप्सेको कारोबार प्रणालीमा समस्या आएपछि त्यसको कारोबार रोकेर अन्य कम्पनीको कारोबार गराइएको छ ।

समस्या समाधानका लागि वाइको र नेप्सेले गृहकार्य गरिरहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेको अनलाई ट्रडिंगमा समस्या आएपनि यद्यपि के कारणले भन्ने यकिन नभएको बताइएको छ । निफ्राको ५६४ मा शेयर बिक्रीका लागि आएको चापले यस्तो समस्या आएको र क्यू हटाएर समाधानको प्रयास गरिएको भएपनि यकिन भन्न नसकिने बताइएको छ ।

निफ्राकै कारोबारले समस्या आएपछि उसको कारोबारलाई अलग गराएपछि भने अन्य कम्पनीका कारोबारमा समस्या आएको छैन ।
अहिले निफ्राको कारोबार समस्या समाधान भइञ्जेलसम्मका लागि स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित