शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

घर बिक्रीवाला विज्ञापन भाइरल

दैनिक नेपाल २०७७ फागुन १२ गते ७:२२

लसएन्जेल्स । अमेरिकाको मास्साचुसेत्सस्थित एउटा घर बिक्रीको विज्ञापन अनलाइनमा भाइरल बन्न पुगेको छ ।

त्यो घर रहेको स्थानको कारण यसरी यो घर अत्यन्तैै जनचासोको विषय बनेको हो । यो घर एउटा डुंगामा बनाइएको छ । हाउसबोट भने पक्कै होइन ।

विगतमा गभर्नर हेर्रिकको नामले चिनिने यस घरको मूल्य दुई लाख पचहत्तर हजार डलर तोकिएको छ । वास्तवमा नब्बे दशकको शुरूतिर केप कोड नहरको खोजीका लागि प्रयोग भएको टेपस्ट्री नामक डुंगामाथि एकजना मानिसले घरै बनाइदिएका थिए ।

एक हजार आठ सय वर्ग फुट क्षेत्रफलमा बनेको यस घरमा तीनवटा शयन कक्ष र दुईवटा स्नान गृह छन् । फेरहाभेन सिपयार्डमा पार्क गरिएको यस घरको ठेगाना भने स्थायी छैन । सो घरमा बस्ने व्यक्ति अहिले सिपयार्डमा काम गर्ने गर्दछन् ।

घर बेच्ने एजेन्ट ज्यान म्याक ग्रेगरले अब यो घर किन्नेले भने घरलाई अन्तै लानुपर्ने रियलटर डट कमलाई बताएका छन् । उनले यो घर किन्नेले कि त अर्को जलीय क्षेत्रमा यस घरलाई सानुपर्ने वा घर निकालेर कुनै जमिनमा राख्नुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित