शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लक्ष्मी बैङ्क र माछापुच्छ्रे बैङ्कले माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लगानी गर्ने

दैनिक नेपाल २०७७ फागुन ११ गते १२:५५

काठमाडौँ, ११ फागुन । माबिलुङ्ग इनर्जी अन्तर्गतको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लक्ष्मी बैङ्क र माछापुच्छ्रे बैङ्कले लगानी गर्ने भएका छन् ।

२ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी फागुन १० गते कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

माबिलुङ्ग इनर्जीले संखुवासभाको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैङ्कको अगुवाइमा माछापुच्छ्रे बैङ्क समेतले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी सम्झौता भएको छ ।

उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रहेको छ । जसमा लक्ष्मी बैङ्कले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैङ्कले २५ करोड ६० लाख लगानी गर्ने भएका हुन् ।

माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरण बीच विद्युत खरिद सम्बन्धि सम्झौता भएको छ । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट साउन ९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो ।

माबिलुङ्ग इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेक कम्पनीका अध्यक्ष राजेश लाल श्रेष्ठले बताए ।

बैङ्कहरुले आयोजना लागतको ७० प्रतिशत (६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहने बताइएको छ । उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झन्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने कम्पनीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९र२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजनामार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित