शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओपोले मोबाइल वर्ल्ड कंग्रेस शंघाईमा प्राविधिक सफलता र साझेदारी प्रदर्शन गर्ने

दैनिक नेपाल २०७७ फागुन ११ गते ७:२८

नयाँ ग्लोबल चार्जिङ क्षेत्रका पहल, फाइभजी सफलताहरु र तार रहित नवप्रबर्तनहरु प्रदर्शित गर्दै ओपो

शिन्चेन, ११ फागुन । अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले मोबाइल वर्ल्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्बतनहरूका बारेमा केही संकेत प्रस्तुत गरेको छ ।

फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरूका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परिक्षणका नतिजाहरू प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविस्यका विकासहरू, स्मार्टफोन अवधारणाहरू र ईन्टरनेट अफथिङ्स (आईओटी) हरु प्रदर्शित गर्नेछ ।

ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोनमार्फत ओपोले नयाँ ताररहित चार्जिङ प्रविधिहरू प्रदर्शित गर्नुका साथै भोक फ्ल्याश चार्जिङ अन्तर्गत नयाँ विकासहरू ओपोले प्रदर्शित गर्नेछ ।

तीमध्य पनि सबैभन्दा रोचक दैनिकीमा उपयोग हुने हरेक किसिमका उपकरणलाई तिब्र गतिमा चार्ज गर्न सघाउने विश्वब्यापी पहलको प्रदर्शनी हुनेछ ।

सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्याश चार्जिङ क्षेत्रको अगुवाई गरिरहेको छ । एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि ईकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिले भन्दा ब्यापक रुपमा अझ बढी ब्यक्तिहरु मझ पुग्न सघाउँछ ।

 

प्रतिक्रिया
सम्बन्धित