बैतडी, ५ फागुन । बैतडी दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्यामा संलग्न किशोरलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गर्दा ती किशोरको अनुहारमा नकाव लगाइएको थियो । प्रहरीले ती किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिको हुन सक्ने ठानेर नाम पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
१८ वर्षभन्दा मुनिको व्यक्तिलाई हिरासतमा राख्न पनि नपाइने कानूनी व्यवस्था छ । यस्तो व्यक्तिलाई सुधार गृहमा राखेर अनुसन्धान गर्नुपर्ने हुन्छ ।
प्रहरीका अनुसार ती किशोर दोगडाकेदार गाउँपालिका–७ कै हुन् । उनी सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ पढ्छन् । प्रहरीलाई उनले आफ्नो उमेर १७ वर्ष बताएका छन् ।
उनको उमेर एकिन भइनसकेकाले नाम सार्वजनिक नगरिएको बैतडी प्रहरीले जनाएको छ । उमेर एकिन गर्न वडा कार्यालय र स्कुलमा पत्र लेखिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।











प्रतिक्रिया