काठमाडौं, ५ फागुन । १४औँ महाधिवेशन र आन्दोलनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठक दिउँसो २ बजे बस्ने बताए । बैठकमा १४औं महाधिवेशनबारे छलफल हुने उनले बताएका छन ।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । महाधिवेशन यसअघि तोकिएको मितिमा संभव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ । फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ ।
कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेको छैन । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ ।
क्रियाशील सदस्यता वितरण तथा नवीकरण र समायोजन विवाद देखिएका क्षेत्रमा हल गर्नेबारे पनि आजको केन्द्रीय कार्यसमितिमा छलफल हुने कांग्रेसले जनाएको छ ।











प्रतिक्रिया