बुधबार, १६ जेठ २०८१
DainikNepal.com
बुधबार, १६ जेठ २०८१

कतार एयरवेजद्वारा दक्षिण अमेरिकी नेटवर्क विस्तार

दैनिक नेपाल २०७७ फागुन ४ गते २३:१४

काठमाडौं, ४ फागुन । कतार एयरवेजले लाटाम एयरलाइन्स ब्राजिल कोडशेयर सम्झौता गरी साओ पाओलोसम्मको सेवा वृद्धि गर्दै साप्ताहिक १० वटासम्म उडान विस्तार गर्ने घोषणा गरेको छ ।

यसले दुवै एयरलाइन्सका यात्रुहरुलाई एसिया, मध्य एसिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुर्याउने बताइएको छ । यस नयाँ कोडशेयर सम्झौताले दुवै एयरलाइन्सको २०१६ मा पहिलो पटक शुरु गरिएको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्नेे विश्वास लिइएको छ ।

विस्तारित सम्झौताले कतार एयरवेजका यात्रुहरुलाई थप ४५ लाटाम एयरलाइन्स ब्राजिलका उडानहरु बुकिङ गरी दक्षिण अमेरिकीवाहकको नेटवर्कका ४० घरेलु तथा अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग जोड्ने छ । जसमा ब्राजिलिया, क्युरिटिबा, पोर्टो भेल्हो, रियोब्रान्को, रियो दे जेनेरियो, साओ होसे, लिमा (पेरु), मोन्टेभिडियो (उरुग्वे) तथा सेन्टियागो (चिली) पर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित