शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भागरथी तिम्रो आत्माले शान्ति पाओस्

शिवा स्त्री २०७७ फागुन ३ गते १०:२३

शिवा स्त्री

के हुँदै छ यो समाजमा दिनैपिच्छे बलात्कारका घटना बढ्दैछन् ।

निर्मला पन्तको हत्यारालाई अझै सजाय दिन सकेको छैन मेरो देशको कानूनले फेरि ती निर्दोष भागरथी बहिनीको हत्या, फेसबुक हे¥यो, युटुव हेर्यो भागरथी बहिनीको समाचार पढ्दा र सुन्दा मुटु भक्कानिन्छ, आङ्ग नै सिरिङ हुन्छ ।

तिम्रा समाचार पढ्दा र सुन्दा अझ तिम्रो बाबु बितेको ३५ दिन हुन नपाउँदै तिम्री आमाले पति गुमाएसँगै छोरी गुमाउनु परेको छ । कहिले बाबुबाट बलात्कृत भएका छन् त कहिले आफ्नै नातेदारबाट, कहिले शिक्षकबाट २ वर्षीया दुधे बालिकादेखि ५२ वर्षीया वृद्ध आमा समेत बाँकी रहेनन् ।

सर्वश्रेष्ठ श्रेणीमा पर्ने मानवजाती आखिर किन स्वयम् मानवबाटै यस्ता घटनाहरू बढ्दै गइरहेका छन् त ? कस्तो हुँदै छ यो समाज राक्षसनै राक्षसले भरिएको छ यो समाज, यो समाजमा त सुखले बाच्न त के मर्न नी दिदैनन् राक्षसहरूले नै भागिरथीलाई लुछीलुछी मारे यहाँ कसैको विश्वास छैन । आफ्नो टोल, समाजमा पनि बालिका या हामी नारी नै सुरक्षित छैनौँ ।

निर्मला बहिनीको आत्माले शान्ति नपाउँदै भागरथीको बलात्कारपछि हत्या गरिएको छ । निर्मला पन्तको बलात्कारीलाई ठूलाबडा भनाउँदाबाटै लुकाइयो, अहिले फेरि भागरथी बहिनीको हत्यारालाई जालझेल नगरियोस्, आखिर कहिलेसम्म बलात्कारका घटना भोगिरहनुपर्ने हो ? कतिन्जेल आमा बुबाको सपनामाथि छुरा प्रहार गरिरहने हो ? के साच्चै छोरी भएर जन्मिनु पाप नै हो त ? यस्ता खाले घटनाले धेरै नारीहरूलाई त्रास पैदा गराएको छ ।

आजको बदलिदो समाजमा आइपुग्दा पनि जति विकसित र शिक्षित हुँदै छन् त्यति नै अनैतिक कृयाकलाप बढ्दै गइरहेका छन् । यस्ता घटनाप्रति हाम्रो देश, समाजले गम्भीर चासो दिएको पाइँदैन । यस्ता घटना बढ्दै जानुमा कानूनको अभाव पनि मुख्य कारण हो । अर्को पुरुषहरूको सोचाइँमा परिवर्तन नहुनु साथै बलात्कारीलाई कडाभन्दा कडा कानूनको दायरामा नल्यायनु पनि मुख्य कारण हो ।

हाम्रो नेपाली समाज अझै पनि पुरुषप्रधान सोँचमा नै अडिग छ । अझै पनि महिलालाई हेर्ने दुष्टिकोण र गर्ने व्यवहारमा परिवर्तन हुन सकेको छैन । यसरी आफ्नै बाबुबाट बलात्कृत हुन पुगेका छन् । आमाको दुध चुस्दै गरेकी २ वर्षीया बालिकादेखि ५२ वर्षीया वृद्धा आमा पनि बाँकी रहेनन् । शिक्षा आर्जन गर्न गएका छात्रालाई शिक्षा दिने शिक्षकबाट पनि बलात्कृत हुन पुगेका घटनाहरू छन् ।

यसरी दिनप्रतिदिन बढ्दै गइरहेका बलात्कारका घटनामा कमी नहुनुको कारण मलाई लाग्छ मुख्य कारण पितृसत्तात्मक सोँच, व्यवहार र बलात्कारीलाई कानूनको दायरामा नउभ्यानु फलानोको मान्छे मलाई कसैले केही गर्न सक्दैन् । कुनै कानूनले रोक्न सक्दैन् भन्ने पुरुषवादी धारणा पनि मुख्य कारण हो ।

जबसम्म बलात्कारीलाई कडाभन्दा कडा कानूनको दायरामा ल्याएर कारबाही हुँदैन तबसम्म बलात्कारका घटना कम हुनुको साटो बढ्दै जान्छन् । महिलालाई जे गर्दा पनि हुन्छ उनीहरूले सहेरै बस्नुपर्छ भन्ने सोँच हटेको छैन ।

बलात्कारीहरू आफूलाई पावरफुल देखाउन चाहानछन् भने कुनै नारीले मलाई बलात्कार गरोस् भनेर छोटो लुगा लगाएका हुँदैनन् । अहिले सचेत नागरिक र बढ्दो संचार माध्यमको कारण दिनउ घटना बाहिर आइरहेका छन् । मृत्युदण्ड नै नभए पनि बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था हुनै पर्छ । नियम कानून भएर मात्र हुँदैन । कार्यान्वय पक्ष नै बलिलो हुनुपर्छ ।

आर्थिक रुपमा सशक्त महिला पनि बलात्कारको शिकार भएका छन् । यो सबै महिलाप्रतिको सामाजिक दृष्टिकोण हो । महिलालाई नै दोषी ठहराउने भएका कारण पनि महिलाहरू चुप लागेर बस्न बाध्य हुन्छन् । न्यायका लागि गयो भने उल्टै प्रभावितलाई नै दोषी मानेर मानिसहरू उसैलाई हेप्छन् । यस्तो परिवेशमा महिला कसरी खुलेर बाहिर निस्कन सक्छन् त ?

विभिन्न तहतप्कामा रहेर काम गर्ने महिलाहरूले महिला हिंसा न्यूनीकरण गर्नको लागि आवाज उठाइरहनु भएको छ । महिलाहरूको भनाई महिला बलात्कारका घटना दिनप्रतिदिन बढेको अवस्थामा महिला तथा संचार माध्यमले गम्भीरताको साथ यी र यस्तै घटनाप्रति ध्यान केन्द्रित गरोस् भन्ने हो ।

बलात्कारको विषयमा कम रिपोर्टिङ भएको पनि पाइँन्छ । संसारमा ८० प्रतिशत र नेपालमा ९० प्रतिशत बलात्कारका घटना रिर्पोटिङ नभएको तथ्याङ्कले बताएको छ । पूर्ण रुपमा बलात्कारलाई न्युनीकरण गर्दा हाम्रो सामाजिक दृष्टिकोण मै परिवर्तन आउनुपर्छ । हरेक नारीहरू हरेक दृष्टिकोणबाट सशक्त हुनुपर्छ र यसमा पुरुषले पनि साथ दिनु जरुरी छ ।

२१औ शताब्दीमा आइपुग्दा अझै सोँच, विचार, व्यवहार र संस्कारबाट माथि उठ्न सकेको छैन समाज जसकारण पनि पुरुषले महिलामाथि तुच्छ व्यवहार प्रकट गरिरहेका छन् । अझै पनि हाम्रो नेपाली समाजमा छोटा पहिरन लगाउनु र फरक प्रस्तुति देखाउनु पनि बलात्कारको कारण मानिन्छ ।

छोटा कपडा वा फरक हाउभाउमा प्रस्तुत हुनु बलात्कारको कारण भने हुँदै होइन । यसको प्रमुख कारण त पितृसत्तातमक सोँच र पुरुषलाई यौनको विषयमा सर्वेसर्वा बनाउनु नै हो । के साच्चिकै २ वर्षीया, ५ वर्षीया बालिका छोटा लुगा लगाएर बलात्कृत भएका हुन् र ? के ती ५२ वर्षीया वृद्धआमा छोटा लुगा लगाएर सामुहिक बलात्कार गरिएको हो र ? के ती १७ वर्षीया भागरथीले छोटा लुगा लगाएकी थिइन र ? भागरथी त विद्यालयबाट फर्किदै गर्दा बलात्कृत भइन् । कति ठूलो सपना सजाएर विद्यालय गएकी थिइन् ।

विडम्वना राक्षसले घर पुग्न दिएनन् । के ती २ वर्षीया र ५ वर्षीया बालिका कसैको अगाडि उत्तेजित रुपमा प्रस्तुत हुन सक्छन त ? बलात्कारको मुख्य कारण महिलाको परनिर्भरता तथा आर्थिक रुपमा सशक्त हुन नसकेका कारण पनि यस्ता घटनाले स्थान पाइरहेका हुन कि ?

तसर्थ साँच्चीकै बलात्कारका घटनामा कमि ल्याउनत समय लाग्छ नै । घटना कम गर्नका लागि हरेक तह र तप्काबाट गम्भीर चासोका साथ प्रत्येक कुनाकाप्चासम्म जनचेतना पुर्‍याइ पुरुषको सोचाइँमा नै परिवर्तन ल्याउनु नितान्त आवश्यक छ । अन्तमा निर्मला पन्तको बलात्कारीलाई ठूलाबडाबाटै लुकाइयो ।

भागरथी बहिनीको हत्यारालाई कुनै पनि हालतमा उम्कीन नदिइयोस् । बहिनी भागरथी तिमीले न्याय पाउली भन्ने त लाग्छ तर कता कता फेरि उही निर्मला पन्तको बलात्कारीलाई जस्तै ठूलाबडाबाटै ढाकछोप हुने होकी शंका पनि छ । विश्वास गरौँ तिम्रो हत्यारालाई फाँसी होस् । तिम्रो आत्माले शान्ति पाओस् । तिम्रो स्वर्गमा बास होस् बहिनी भागरथी ।

प्रतिक्रिया
सम्बन्धित