६ मंसिर २०८३, आइतबार

ओली सरकारको तीन वर्ष पूरा, नयाँ भवनमा सर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन ।

उनले बितेका तीन वर्षमा सरकारले प्राप्त गरेको उपलब्धिबारे जानकारी दिनेछन । दुई तिहाई बहुमतले बनेको नेकपाको सरकार अहिले काम चलाउ जस्तै बनेको छ ।

पार्टी विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेको रिटमाथि बहस जारी छ । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि वैशाख १७ र २७ का निर्वाचनको मिति समेत तोकिसकेको छ ।

प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गरेको सिंहदरबारको उदघाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

सिंहदरबारलाई रेट्रोफिट गरी पुरानै अवस्थामा फर्काइएको छ । भूकम्पले क्षति गर्नुअघि प्रधानमन्त्री कार्यालय सोही भवनमा रहेको थियो ।

भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरभित्रैको अन्य भवनमा सरेको थियो । आज उद्घाटनपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारबाट सञ्चालनमा आउनेछ ।