शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

दैनिक नेपाल २०७७ फागुन २ गते १६:२६

काठमाडौँ, २ फागुन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ६ सय १४ जना छ भने २ लाख ६८ हजार ९ सय २९ जना अर्थात ९८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित