१२ कार्तिक २०८३, बिहिबार

निर्मला र भागरथीका हत्यारालाई कारवाही गरेरै छोड्छौँ: प्रधानमन्त्री ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्याराहरुलाई कारवाही गरेरै छाड्ने दावी गरेका छन् ।

शनिबार बुटवलमा नेकपाले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीहरुलाई केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका हुन् ।

सम्बोधनका क्रममा उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गएपनि सरकारले नछोड्ने दावी गरे ।

‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।