
काठमाडौँ, ३० माघ । नागरिकद्वारा महिला मार्च गरिएको छ ।
प्रदर्शनमा सहभागीहरुले सबैखाले प्रतिगमन अन्त्य हुनुपर्ने माग गर्दै नारा लगाएका थिए ।
प्रदर्शनकारीले पुरुष प्रधान सत्ता चाहिँदैन भन्दै सबैखाले हिंसाको अन्त्य हुनुपर्ने बताएका थिए ।
विगत ७ वर्षमा झन्डै १४ हजार महिलाको बलात्कार भएको भन्दै सहभागीहरुले बलात्कारीलाई फासी दे, महिला हिंसा अन्त्य गर लगायत नारा लगाएका थिए । वसन्तपुर डबलीबाट सुरु भएको मार्चपास भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा विभिन्न अधिकारकर्मीहरुले सम्बोधन गरेका थिए । प्रदर्शनमा नाटक पनि मञ्चन गरिएको थियो भने निर्मला हत्याकाण्ड र भागरथी हत्याकाण्डमा संलग्नलाई कारवाहीका लागि जोडदार माग गरिएको थियो ।














प्रतिक्रिया