
काठमाडौँ, ३० माघ । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण देखिएको छ ।
मन्त्री पुनमा संक्रमण पुष्टि भएसँगे उनी आइसोलेसनमा रहेकी छन् ।
मन्त्री पुनलाई रुघाखोकी र ज्वारो लगायतका समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सामाजिक मन्त्रालयका सचिव विनोद कुँवरलाइ पनि संक्रमण देखिएपछि उनी पनि आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका हुन् ।
मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको र सचिव कुँवरको सामान्य रहेको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म १५ हजार ७ सय ७७ जनालाई कोरोना संक्रमण भएको छ भने १५ हजार २ सय ६० जना निको भइसकेका छन् । त्यसैगरी, प्रदेशमा हालसम्म २ सय ३ संक्रमितको मृत्यु भइसकेको छ ।














प्रतिक्रिया