१२ कार्तिक २०८३, बिहिबार

काङ्ग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क छन्: कमल थापा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ३० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् ।

संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए ।

आज पार्टीको हेटौँडा ५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभाव सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतरा प्रति चिन्ता प्रकट गरे ।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२ ६३ पछिको परिवर्तनले सस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो ।

कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नबराज बिष्ट, बालकृष्ण कार्कि, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।