शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

झाँक्रीको गिरफ्तारी राजनीतिसँग जोडिएको होइन

सुशील विके २०७७ माघ २९ गते २१:३१

-सुशील विके

विद्यादेवी भण्डारी र रामकुमारी झाँक्री दुवै लोकतन्त्र, मानवअधिकार, न्याय, समानता अझ वढी लैंिगक समानताका लागि लडेका व्यक्ति हुन् । यसमा हामी सवैले सम्मान छ ।

रामकुमारी झाँक्रीले गोरखामा गरेको भाषणमा जसरी विद्या भण्डारीप्रति व्यक्तिगत चरित्रमाथि प्रश्न उठ्ने गरी अत्यन्तै अराजनीतिक र अपमानजनक टिप्पणी गरिन त्यो उचित होइन । एक जना महिला भएर अर्को महिलामाथि यो तहको अपमान कसरी हुन सक्छ ?

यसैले उनको गिरफ्तारी राजनीतिसँग होइन, उनको अराजनीतिक टिप्पणीसँग जोडिएको छ । यदी राजनीतिक आग्रहका आधारमा सरकारले गिरफ्तार गर्ने भए सडकमा भएका हजारौ व्यक्तिलाई पनि गिरफ्तार गर्ने थियो ।

राजनीतिक आस्था, विचार, गुट र स्वार्थबाट प्रेरित भएर कसैको व्यक्तिगत चरित्रमाथि आरोप लगाउने कुरा कुनै पनि अवस्थामा उचित हुन सक्दैन । हाम्रो राजनीतिमा पछिल्लो समयमा यस्तो प्रवृति वढ्दै जानु विडम्वनापूर्ण छ । यसमा सुधार अति आवश्यक छ ।

यहाँ २ घटना स्मरणीय छन् ।

१. तराई मधेश आन्दोलनका वेला रामजानकी मन्दिरमा पुजा गर्न जाँदा राष्ट्रपति विद्या भण्डारीलाई विधवा भन्दै कस्तो अपमान गरिएको थियो ? जवकि विदुर राष्ट्रपति रामवरण यादवले वारम्वार सो मन्दिरमा जाँदा कसैले प्रतिक्रिया जनाएका थिएनन् ।

२. प्रधानसेनापति काण्डमा सरकारको सिफारिस कार्यन्वयन नगरेको भन्दै तत्कालिन राष्ट्रपति रामवरण यादवलाई गाली गर्दै कथित नागरिक सर्वोच्चताको आन्दोलन गरियो । र भनियो कि संवैधानिक राष्ट्रपतिले सरकारले गरेको सिफारिस जस्ताको तस्तै पालना गर्नुपर्छ । अहिले सरकारले गरेको सिफारिस जस्ताको तस्तै कार्यान्वयन गर्दा राष्ट्रपति विद्या भण्डारीमाथि किन सरकारको सिफारिस कार्यान्वयन गरेको भन्दै गाली गरिएको छ ? के उहाँ महिला भएर वा उहाँ एकल महिला भएका कारण यसरी पूर्वाग्राही भएर उहाँका विरुद्धमा लागिएको हो ? यस्तो दोहोरो चरित्रले राष्ट्रपति संस्थालाई नै वदनाम गर्ने काम भएको छ ।

यस अगाडिका सडक कार्यक्रममा पनि विद्या भण्डारीका विरुद्धमा आपत्तिजनक नाराहरु लगाइएका थिए । त्यति मात्र हैन सामाजिक संजालमा पनि अपमानजनक टिप्पणीहरु गरिएको पाइन्छ । एक हिसावले यो गम्भीर प्रकृतिको लैंगिक हि‌सा पनि हो ।

किन उहाँको व्यक्तिगत जीवनमाथि यसरी हमला भैरहेको छ ? के आम सचेत नागरिक, समानताप्रमी र मानवअधिकार र कानुनी शासनमा विश्वास गर्ने नागरिकले खुल्ला हिसावले सोच्नुपर्ने होइन र ?

विद्या भण्डारीको पनि घर छ । परिवार छ । के उहाँमाथि निरन्तर भैरहेको यस्तो अपमानजनक व्यवहारले उहाँको परिवारमा पर्ने मनोसामाजिक प्रभावको हामीले हेक्का राखेका छौ ? एक पटक गम्भीर वनौ त ?

मानव अधिकार सवैको समान हुन्छ । जति अधिकार व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हुन्छ त्यति नै व्यक्तिको आत्मसम्मान, मर्यादा र गोपनियताको हुन्छ ।

अभिव्यक्ति स्वतन्त्रताका नाममा छाडा वोल्ने, व्यक्तिको चरित्र, मुलत महिलाको यौनिकतामाथि प्रश्न उठाउने, अराजकता निम्त्याउने कुरा मानवअधिकार र कानुनी शासन विरोधी हुन । अझ राज्यको माथिल्लो तहमा पुगेका नेताहरुबाट यस्तो हुनु त सर्वथा गलत हो ।

विद्या भण्डारीको पनि घर छ । परिवार छ । के उहाँमाथि निरन्तर भैरहेको यस्तो अपमानजनक व्यवहारले उहाँको परिवारमा पर्ने मनोसामाजिक प्रभावको हामीले हेक्का राखेका छौ ? एक पटक गम्भीर वनौ त ?

एकल महिला भएर जीवन जिउने उहाँको रहर त होइन होलानि । समयको मोडमा आइलागेको वाध्यतालाई स्वीकार गरी जिन्दगीभर उहाँले यसरी जिउने कुरा कति पीडादायी होला के हामी कल्पना गर्न सक्छौ ?

तर, उहाँको नितान्त नीजि जीवन र त्यसमा पनि उहाँ एकल महिला भएको हुँदा वारम्वार उहाँको चरित्रमाथि गरिने नकारात्मक टिप्पणी उचित होइन । यो जोकोहीमाथि पर्न सक्ने विषय हो त्यसैले यसलाई राजनीति, गुट, उपगुटसँग जोडेर टिप्पणी नगरौ ।

हो पछिल्लो राजनीतिक घटनाक्रममा सवैको आआफ्नो मत होला । झाक्रीको पनि आफ्नो मत छ । उनले आफ्ना मत राजनीतिक रुपमा नै राख्दा हुन्छ । सरकारका काम कारवाही, राष्ट्रपतिका काम कारवाहीका वारेमा आम नागरिकले टिप्पणी गरिनै रहेका छन् । आन्दोलन पनि भै नै रहेको छ ।

हजारौ मानिसहरु सडकमा छन् । तर सरकारले अरुमाथि त प्रक्राउ गरेको छैन् । सरकारले गर्ने भए त सवैलाई गर्दथ्यो । यसैले झाक्रीको प्रक्राउको विषयलाई राजनीतिक मुद्धा वनाउन जरुरी छैन ।

राष्ट्रपतिका रुपमा विद्या भण्डारीले गरेका काममा प्रश्न उठाउन, आलोचना गर्न, खवरदारी गर्न संविधानले छुट दिएको छ । यसलाई सवैले राजनीतिक रुपमा गर्दा हुन्छ । उहाँले जनताका भावना सुन्ने र सुधार गर्नुपर्ने पक्ष छन् भने सुधार्ने कुरा पनि स्वभाविक हो ।

तर, उहाँको नितान्त नीजि जीवन र त्यसमा पनि उहाँ एकल महिला भएको हुँदा वारम्वार उहाँको चरित्रमाथि गरिने नकारात्मक टिप्पणी उचित होइन । यो जोकोहीमाथि पर्न सक्ने विषय हो त्यसैले यसलाई राजनीति, गुट, उपगुटसँग जोडेर टिप्पणी नगरौ ।

सकिन्छ भने हाम्रो समाजलाई समतमुलक, सवै किसिमका हिंसा र अराजकताबाट मुक्त गर्ने पहल गरौ । मानवअधिकार, न्याय, समानता र कानुनी शासनको पालना गरौ ।

प्रतिक्रिया
सम्बन्धित