१२ कार्तिक २०८३, बिहिबार

अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गरेका छन् ।

तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आएका तिमिल्सिनाले पुलको निरीक्षण गरेका हुन् ।

उनले सो अवसरमा पुलको छेउबाट निर्माण गर्न लागिएको सडकको समेत जानकारी लिए । सडक निर्माणका लागि डिजाइन बनिसकेकाले छिट्टै काम शुरु गरिने सडक डिभिजन भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले पुलमा भत्किएको क्षेत्रका तत्काल मर्मत गर्न आग्रह गरे । विसं २०७१ मा सो पुल निर्माण सम्पन्न भएको थियो ।

यस्तै अध्यक्ष तिमिल्सिनाले दासढुङ्गाको तनहुँ क्षेत्रमा निर्माण भइरहेको मदन–आश्रित बहुआयामिक स्मृति उद्यानको समेत अवलोकन गरे ।

उनले दासढुङ्गाको विकासका लागि सबै क्षेत्रले ध्यान दिनुपर्ने बताए । उनले सरकारले समेत यसलाई प्राथमिकतामा राखेको भन्दै स्थानीयस्तरबाट विशेष पहल लिनुपर्ने बताए ।

उद्यान निर्माणमा भइरहेको प्रगतिबारे निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएका थिए । –रासस