शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

शक्ति र सत्ता प्राप्ति नै नेकपाको विवादः निकास नै चुनाव

वि वि श्रेष्ठ २०७७ माघ २८ गते २१:५२


-वि वि श्रेष्ठ
पुस ५ गते ओली सरकारले गरेको प्रतिनिधीसभाको विघटन पछि देश आन्दोलनको रापतापमा फसेको छ ।

विधि र विद्यान भन्दा पनि वाहिर गएर पद र शक्तिका लागी खेलिएको खेलले वाध्य भएर प्रतिनिधीसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको ओलीले बताएका छन् । नेकपाको अध्यक्ष प्रचण्ड लगायतका शक्तिहरु सडक आन्दोलनवाट प्रतिनिधीसभाको पुर्नस्थापनामा लागि परेको छ ।

लामो समय देखि अस्थिर सरकार रहँदा देशमा विकासको गतिविधि ठप्प भएको निष्कर्ष सहित वहुमतको सरकारको लागी भोट मागेको सरकार समय अगावै प्रतिनिधी सभा विघटन गर्न किन वाध्य भयो ? यसको सतही भन्दा पनि यथार्थपरक खोजले नै अहिलेको निकास दिनेछ ।

एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर जनताको जनवाद हुदै समाजवादमा पुग्ने लक्ष्यका साथ तत्कालिन एमाले र एमाओवादी एक भयो । यसको मुख्य लक्ष्य भनेको समाजवाद नै थियो ।

विचार र पार्टीको सिद्धान्त महाधिवेशन वाट टुगाँउने गरि दुवै पक्षको सिद्धान्त अवलम्वन गरि जनताको जनवादलाई पार्टीको मुख्य सिद्धान्त वनाएको ओली र प्रचण्ड विश्वलाई नै चकित पार्दे पार्टी एकता गरे ।

यो नेपालको राजनितीमा ऐतिहासिक परिघटना वन्यो । लामो समय वर्गिय मुक्तिका लागी जनयुद्ध गरेर शान्ति प्रक्रियामा आएको प्रचण्ड नेतृत्वको माओवादी र शान्तिपुर्ण संघर्षवाट नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने ध्येयका साथ जनतामा गएको तत्कालिन ओली नेतृत्वको एमालेको मुख्य उद्येश्य भनेको वृहत कम्युनिष्ट एकतामार्फत समाज र देश विकास नै मुख्य लक्ष्य वनेको थियो ।

कम्युनिष्ट पार्टीको एकता सँगै भएको निर्वाचनमा केपी ओली नै प्रधानमन्त्रीको उम्मेदवार हो भनि पार्टी ओलीको व्यानरमा चुनावमा गयो । यसमा पार्टीको मुख्य भुमिका भुल्न हुदैन भने केपी ओलीको विगतमा भारतको नाकावन्दीको सामना पनि सँगै जोडिएर आएको थियो ।

एक्काईसौ शताव्दीको जनतालाई फेरि पनि धम्काएर, फकाएर, झुट वोलेर पुन सत्ता र शक्ति प्राप्त गर्न सकिन्छ भन्ने कमजोर मानसिकताको घोतक शिवाय केहि होईन।

यहि ओलीको भुमिकाका कारण पनि सिगो पार्टी पक्ति ओलीलाई भावी प्रधानमन्त्रीको घोषणा सहित निर्वाचनमा गयो । जुन यथार्थ हो ।

आम जनतामा पनि भारतको हेपाहा प्रवृत्ति र पटक पटकको अस्थिर सरकारका कारण ओली नेतृत्वको नेकपालाई करिव करिव दुईतिहाई मत दिएर सरकार संचालन गर्ने अधिकार दियो ।

त्यसैको वलमा वनेको ओली सरकार जव वन्यो, ओली सरकारले गरेको राष्ट्रियता, सिमा विवाद समाधानका प्रयास, छिमेक सँगको सन्तुलित निति, पारवहन सम्झौता लगायतका मुद्धाले ओली सरकारको क्रेज वढाईदियो ।

ओली सरकारको यहि जनआकांक्षा अनुरुपको कार्यले ओली नै नेकपा र नेकपा नै ओली भन्ने जनतामा आभास भयो । जव यो आभास प्रचण्ड र माधव कुमार नेपालमा पनि हुन थाल्यो, नेकपाको विवादको श्रृखला शुरु हुन थाल्यो ।

ओली सरकारको लोकप्रियता केवल ओलीको मात्र थिएन, सिगो नेकपाको थियो । यो नै आम वुझाई हो । तर त्यसलाई सकारात्मक रुपमा ग्रहण गरेर सरकारलाई साथ दिनुभन्दा ओली सरकारको लोकप्रियतमा आफनो भुमिका खुम्चिएको महशुश गर्ने प्रचण्ड र माधव कुमार नेपालका लागि सह्य हुन सकेन ।

ओली सरकारको यो उपलव्धीलाई आफनो पतन सम्झने सोचले माधव कुमार नेपाल र प्रचण्ड लगायतका नेताहरु अव विधि र पद्धतिका नाममा ओलीलाई पार्टी र सरकारका नेतृत्ववाट हटाउने योजनाका साथ अनेकौ तानावाना वुनियो ।

यसको श्रृखला ओली सरकार वनेपछि पटक पटक प्रचण्ड लगायतका नेताहरुको गतिविधिवाट वुझन सकिन्छ । ओली सरकारको लोकप्रियता नै प्रचण्ड र माधव कुमारका लागी अभिसाप वनिदियो । जसका कारण आजको यो अवश्था आईपुग्यो ।

अत प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति वन्नका लागी अव जनतामा गएर चुनावमार्फत आउन अव प्रचण्ड, झलनाथ र माधव नेपालहरुले अव ढिला गर्नु हुदैन ।

सरकारको लोकप्रियता सँगै वनेको ओली विरोधी गठवन्धन पहिला नै सतहमा आएता पनि संवैधानिक व्यवस्थाका कारण सम्भव भएको थिएन ।

भित्रभित्रै वुनिएका विभिन्न योजनाहरु पार्टी र जनताका हितका लागी जसरी पनि ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीवाट हटाउने योजनामा केन्द्रित वनिदियो ।

सरकार वनेको दुईवर्ष सम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक वाध्यता अनुरुप भित्रभित्रै भएता पनि अवधि सकिएपछि भने ओली सरकारमाथी प्रतिनिधीसभामा नै अविश्वासको प्रस्ताव दर्ता हुने वाध्यता आईपरयो ।

नेकपाको संसदीय दलभित्रैवाट समाधान खोज्नुपर्ने भएता पनि नेकपाको संसदीय दलमा वहुमत पुरयाउन नसकेपछि प्रतिनिधीसभा नै अविश्वास प्रस्ताव लैजाने खेल भयो ।

तत्कालिन एमालेको नवौ अधिवेशनवाट माधव कुमार नेपाललाई हराएर अध्यक्ष वन्नुभएका ओली र तत्कालिन माओवादीको अध्यक्ष प्रचण्ड भए अनुसार नै नेकपाको एकता महाधिवेशन नहुँदा सम्म दुवै अध्यक्ष रहने र सर्वसम्मतिमा नै वैठक चलाउने, सहमतिका साथ विद्यान निर्माण गरिएको हो ।

प्रचण्ड र माधव कुमार नेपालमा ओलीको खराव स्वास्थ्य स्थितीलाई देखेर आएको उत्साह जव चकनाचुर वनिदियो, जव ओलीको सफल मृगौला प्रत्यारोपण भयो, त्यसवाट आत्तिएको माधव र प्रचण्ड त्यसपछिका दिनमा अधैर्य र असह्यै हुन पुगे, त्यसैको परिणाम सचिवालयको वैठकका नाममा पटक पटक ओलीको दुवै पदवाट राजिनामा माग्ने हर्कत हरु भयो ।

ओली सरकारको लोकप्रियतामा आफनो भुमिका हराउने सोचका साथ चालिएको योजना अन्तत सरकार वनेको दुईवर्ष पछि प्रतिनिधीसभामा ओलीमाथी अविश्वास प्रस्ताव दर्ता हुने सम्म पुग्यो ।

नेकपाको सचिवालयको नाममा पटक पटक वैठक वस्यो, तर त्यो वैठक देश र जनतामा केन्द्रित हुन सकेन । कोभिडले आक्रान्त पारिरहदाँ पनि ओलीलाई सरकार र पार्टी अध्यक्षवाट हटाउने जुन दुस्साहस प्रचण्ड लगायतले गर्न थाले, जसले आम जनतालाई सह्य हुन सकेन, यसैको ज्वाराभाटा प्रतिनिधीसभा विघटन गर्न सम्म पुग्यो ।

पटक पटक पार्टी होस वा संसदमा पार्टी अध्यक्ष र प्रधानमन्त्री वन्दिन भनेर सार्वजनिक मंचमा ओलीले भनिरहँदा उद्यारो हुदैन, नगद नै चाहिन्छ भन्दै ओलीलाई कर्नरमा पारेर पार्टी अध्यक्ष र प्रधानमन्त्रीमात्र नभई राष्ट्रपति समेत हत्याउने योजना पुरा हुन नदिन प्रतिनिधीसभा विघटन गर्ने निर्णय सम्म पुग्न वाध्य वनिदियो ।

पार्टीको नेतृत्व चयन महाधिवेशन वाट हुन्छ, महाधिवेशन र जनता तथा कार्यकर्तामा विश्वास नहुने अनि कथित सचिवालयको वहुमतका नाममा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीवाट हटाउने कार्य कतैवाट पनि स्विकार्य हुन सक्दैन ।

नेतृत्वका आफनै विधि र प्रक्रिया हुन्छ, विधि र प्रक्रियाको कुरा गर्ने अनि महाधिवेशनवाट डराउने, अनि जस्केलावाट अध्यक्ष हुने हत्कण्डा लोकतान्त्रिक पार्टीमा कदापी स्वीकार्य हुन सक्दैन ।

पार्टी महाधिवेशनवाट सहज नेतृत्व हस्तान्तरणका कुरा गर्ने ओली ४ महिना पनि कुर्न नसकि उधारो हैन, नगद नै चाहिन्छ भनेर जस्केलावाट अध्यक्ष वन्न खोज्नु पदलोलुपता शिवाय अन्य होईन ।

ओलीले प्रतिनिधीसभा विघटन गरेका हुन, संसद होईन, यो वुझन जरुरी छ । देशमा राष्ट्रिय सभा छ, प्रदेश सरकार छ, स्थानिय सरकार छ, नभएको केवल प्रतिनिधीसभा मात्र हो । संघियता र संविधान छ । संसद विघटन गरेर तानाशाही वने भनेर कुर्लर्नु भनेको जनतालाई उल्लु वनाउछु भन्ने दिवासपना मात्र हो ।

नेकपा पार्टीको संसदिय दलमा फेस गर्न नसकेर कथित सचिवालायको नाममा वहुमतका दम्भमा प्रधानमन्त्री वन्नु खोज्नु के लोकतान्त्रिक र विधि सम्मत हुन जान्छ ?

ओली कसैले टिका लगाएर पार्टी अध्यक्ष अथवा प्रधानमन्त्री वनेको हैन, आम कार्यकर्ता र जनताको अपार साथले लोकतान्त्रिक पद्धतिवाद जननिर्वाचित अध्यक्ष र प्रधानमन्त्री हुन् । कसैको ईच्छा लाग्दैमा अध्यक्ष र प्रधानमन्त्री हुन पाईदैन ।

कुर्सि र शक्तिका लागी लडेको हैन भन्ने माधव र प्रचण्डहरु अध्यक्ष र प्रधानमन्त्री हुनका लागी अव राम्रो अवसर आएको छ । सरकारले प्रतिनिधीसभाको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

जनतामा गएर जननिर्वाचित भएर प्रधानमन्त्री वन्ने चुनाव भन्दा लोकतान्त्रिक र वैध माध्याम अन्य वन्न सक्दैन । अत प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति वन्नका लागी अव जनतामा गएर चुनावमार्फत आउन अव प्रचण्ड, झलनाथ र माधव नेपालहरुले अव ढिला गर्नु हुँदैन ।

जति ढिलो हुन्छ, ओली सरकार रहिरहन्छ, अत ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदवाट हटाउन पनि छिटो चुनावमा जानु नै उत्तम हुन्छ । लोकलाई थाहा छ नेकपाको अहिलेको विवाद भनेको प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति आफु वन्न पाउनुपर्छ भन्ने नै हो ।

एक्काईसौ शताव्दीको जनतालाई फेरि पनि धम्काएर, फकाएर, झुट वोलेर पुन सत्ता र शक्ति प्राप्त गर्न सकिन्छ भन्ने कमजोर मानसिकताको घोतक शिवाय केहि होईन, अत प्रतिनिधीसभाको विघटन पद प्राप्तिका लागी मरिहत्ते गर्नेहरुका लागी अवसरका रुपमा हुनेछ, अव सडकमा वसेर हामी यहाँ छौ, हैन जनताको घर आँगनमा टेक्नु नै श्रेष्स्कर हुनेछ ।

ओलीले प्रतिनिधीसभा विघटन गरेका हुन, संसद होईन, यो वुझन जरुरी छ । देशमा राष्ट्रिय सभा छ, प्रदेश सरकार छ, स्थानिय सरकार छ, नभएको केवल प्रतिनिधीसभा मात्र हो ।

संघियता र संविधान छ । संसद विघटन गरेर तानाशाही वने भनेर कुर्लर्नु भनेको जनतालाई उल्लु वनाउछु भन्ने दिवासपना मात्र हो । यो दिवासपना अव पुरा हुदैन । मनगढन्ते कुरा गरेर अव जनतालाई ढाट्न सकिदैन ।

पद प्राप्तिका लागी प्रचण्ड र माधवका लागि प्रतिनिधी सभाका निर्वाचन अवसर भएता पनि ओलीका लागी स्थिर सरकारको लागी हो भन्ने आम जनताले राम्रो सँग वुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित