१२ कार्तिक २०८३, बिहिबार

ओलीका मान्छे हामीतिर आउन थालेका छन्: प्रचण्ड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिरका नेता कार्यकर्ताहरु आफूहरुतिर आउन लागेको दावी गरेका छन् ।

सो समूहले राजधानीमा वुधबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको मन्त्रिपरिषदमा भएका २ जना मन्त्रीसहित अन्य आफ्नो पक्षमा आउन लागेको बताएका हुन् ।

कुनै विशेष जनताका एजेण्डामा नभइ ओलीकाे विराेधमा समय खर्चेका प्रचण्डले ओलीले किसान आयोग बनाएर भ्रम छरेको समेत बताए ।

अदालतको आदेश पर्खने र स्वीकार गर्ने निर्णयमा बसेको काँग्रेसलाई प्रचण्डले संयुक्त संघर्षमा आउन समेत आग्रह गरेका छन् ।