१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड-माधव पक्षकाे विरोध सभामा भारतको झण्डा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ माघ । सरकारको विरोधमा नेकपा प्रचण्ड माधव समूहले काठमाडौँमा आमसभा गरेको छ ।

उपत्यका बाहिरका दर्जनौँ जिल्लाबाट नेता कार्यकर्ताहरुलाई ल्याएर गरिएको सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजकले दावी गरे सरहकै संख्याको उपस्थिति नभए पनि भीड ठूलो थियो ।

सभाका लागि विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । नारा लगाउँदै सभास्थलमा आउने क्रममा भीडमा केही सहभागीहरुको हातमा भारतको झण्डा देखिएको थियो । उनीहरुले निर्धक्क भारतको झण्डा फहराउँदै जुलुसमा सहभागीता जनाएका थिए ।