१२ कार्तिक २०८३, बिहिबार

एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गर्ने ६ जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । एक किलो नक्कली सुनलाई सक्कली भन्दै ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौंको बालाजु बस्ने सन्त बहादुर लामा, नुवाकोट घर भइ तारकेश्वरको शान्तिटोल बस्ने ऋषमान घले, जेरी तामाङ, र मेख तामाङ, झापा घर भइ ताहाचल बस्ने अभय कुमार चौधरी तथा नुवाकोट घर भइ जरङगु बस्ने राज तामाङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट बस्ने ९ लाख ५० हजारका साथै मोटरसाइकल २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।