१२ कार्तिक २०८३, बिहिबार

नेतृ झाँक्रीद्वारा राष्ट्रपतिलाई चेतावनी, प्रधानमन्त्रीलाई कागजी बादशाहको संज्ञा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । नेकपा प्रचण्ड माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिएकी छन् ।

वुधबार सो पक्षले राजधानीमा गरेको विरोध सभाको सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओलीलाई कागजी बादशाहको संज्ञा दिइन् भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई चेतावनी दिएकी छन् ।

सम्बोधनमा उनले प्रधानमन्त्री ओली ढलिसकेको र जनताले घोषणा गरिसकेको पनि दावी गरिन् ।

उनले सम्बोधनको सुरुमै बोल्न पाइन्छ भन्दै प्रधानमन्त्री तथा राष्ट्रपतिको विरोध गरेकी थिइन् । राष्ट्रपति संस्थालाई सम्मान गर्ने तर त्यहाँ रहेको व्यक्तिले गरेको कर्मबारे बोल्न पाइने उनले दावी गरिन् ।

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन,’ उनले भनिन्, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’ उनले नागरिकलाई बोल्नबाट रोक्न नसकिने बताउँदै दरबार जस्तै रजाइँ गर्ने दिन गएको टिप्पणी गरिन् ।

‘यो राष्ट्रपति सम्माननीय संस्था हो । हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिरमाथिको संस्था हो । तर त्यो संस्थाका विरुद्ध बोल्ने दुस्साहस मैले गरेको छैन’, झाँक्रीले भनिन्,‘त्यो संस्था निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ’, झाँक्रीले बताइन् ।