१२ कार्तिक २०८३, बिहिबार

भष्ट्रचार नियन्त्रणमा कडाइ गर्न राष्ट्रपति भण्डारीको निर्देशन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएकी छिन् ।

वुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले यस्तो निर्देशन दिएकी हुन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारमा शून्य सहनसिलता अपनाउनुपर्नेमा समेत जोड दिएकी छिन् ।

उनले भनिन्, ‘ मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका श्रोतहरु दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउन हुँदा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।’

राष्ट्रपति भण्डारीले राजनीतिक आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुनसक्ने गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सके मात्र भ्रष्टाचार न्युनीकरण हुनसक्ने बताइन् ।