१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड-माधव समूहको विरोध सभा यसरी हुँदैछ (भिडियोसहित)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-एसपी उप्रेती
काठमाडौँ, २८ माघ । सरकारको विरोध प्रदर्शन गर्दै आएको प्रचण्ड माधव समूहको नेकपाले वुधबार पनि काठमाडौँमा जनसभाको आयोजना गरेको छ ।

आयोजनाको तयारी स्वरुप स्टेज निर्माण सकिएको छ । त्यस्तै, विभिन्न स्थानबाट जुलुसको आयोजना गरिएको छ । उपत्यका बाहिरबाट नेता कार्यकर्ता ल्याएर गर्न लागिएको सभामा २ लाखको उपस्थिति गराउने दावी गरिएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेसँगै प्रचण्ड माधव समूहले सरकारको कदमको विरोध गर्दै आएका छन् । यद्यपि सरकार भने निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । तोकिएकै मितिमा निर्वाचन गराउने सरकार दृढ रहे पनि सर्वोच्च अदालतमा संसद विघटनको रिट विचाराधीन रहेको छ ।

भिडियो: