१२ कार्तिक २०८३, बिहिबार

महाकाली नदीको टापुमा फसेका १६ जनाको सकुशल उद्धार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ माघ । महाकाली नदीको टापुमा फसेका १६ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका १२ भुजेलाघाटस्थित नदीको टापुमा फसेकालाई मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको हो ।

महाकाली नदीमा एक्कासी पानी बहाव बढ्न जाँदा मलामी गएर फर्केका उनीहरु टापुमा फस्न पुगेका थिए ।

प्रहरीका अनुसार भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको सफाइ गर्न महाकाली नदीमा पानी छाडेपछि नदीमा पानीको बहाव एक्कासी बढेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको फसेकाहरुको सकुशल उद्धार गरेको हो ।