
काठमाडौँ, २७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३५ सयको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ६० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ६५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ जना रहेको छ ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २१ लाख १ हजार ५९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया