
काठमाडौँ, २६ माघ । विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेशनल जिओग्राफिक डकुमेन्ट्री फिल्मसले निर्माण गरेको वृतचित्र ‘ओन द रुम’ मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ ।
पाण्डे नेपालमा पहिलोपटक सर्प्राइज प्लानिंग तथा गिफ्टंग सेवा भित्र्याउने कम्पनी अफरिंग ह्यापिने प्रा.लि.का सह-संस्थापक हुन् ।
सो कम्पनीले आफ्नो वेवसाइट मार्फत विगत ४ वर्षदेखि देश विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सर्प्राइज आदान प्रदान गर्ने सेवा दिँदै आएको छ ।
एम्मी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लोबल स्टुडेण्ट इन्टरप्रिनियरसीप फाइनल्स का लागि प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतिस्पर्धीहरुमध्ये पाँच जना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिज्नी+ मा सार्वजनिक हुने छ ।

















प्रतिक्रिया