१२ कार्तिक २०८३, बिहिबार

अब लाइसेन्सको ट्रायल १८ महिनासम्म दिन पाइने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) लिखित परीक्षा पास गरेको १८ महिनासम्म दिन पाउने व्यवस्था लागु गरिएको छ ।

यातायात व्यवस्था विभागले प्रयोगात्मक परीक्षाको समयावधि बढाउँदै यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर अधिकतम १८ महिना पुर्याएको हो ।

आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको जानकारी दिएको हो ।

बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।

कोरोना महामारीका कारण लामो समय रोकिएर बसेकाहरुलाई ध्यानमा राखेर विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागले मातहतका कार्यालयहरुलाई सोही बमोजिम कार्यन्वयन गर्न निर्देशन दिइएको जनाइएको छ । योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् ।