१२ कार्तिक २०८३, बिहिबार

राजतन्त्र घोषणा हुन्छ भन्नेलाई प्रधानमन्त्री ओलीको यस्तो जवाफ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हिन्दु राष्ट्र तथा राजतन्त्र घोषणा गर्छ भनेर फैल्याइएको भ्रमबारे स्पष्ट पारेका छन् ।

शुक्रबार नारायणहिटी अगाडि आयोजित वृहद जनसभामा प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् । कहिले केपी ओलीले आजको सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए, आज बिहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए । राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले । जो केपी ओली आधा दशकभन्दा बढी समय गणतन्त्रका लागि लड्यो । लोकतन्त्रका लागि लड्यो । आधाभन्दा बढी समय समानता र न्यायका लागि लड्यो । त्यो केपी ओलीले राजतन्त्रले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ?’

त्यस्तै, उनले आफूहरुले लडेर हासिल गरेको गणतन्त्रमाथि कसैले पनि आँखा नलगाउन समेत आग्रह गरे ।