शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाए हुन्छ: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ माघ २३ गते १५:०३

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौँको नारायणहिटी परिसरमा नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु सर्वोत्तम प्रणाली भएको बताउँदै कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘अस्थिरता होइन चुनाव चाहियो’ भन्दै उपस्थित सहभागीहरुलाई नारा लगाउन समेत लगाएका थिए ।

काम गर्नै नसक्ने अवस्था आइसकेपछि आफूले नयाँ जनादेशमा जाने अवस्था आइलागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘देश चुनाव तर्फ गयो गयो ।’

त्यस्तै, उनले अब कसको सरकार बन्ने चुनावले फैसला गर्छ । उनले भने, ‘अब कसको सरकार बन्छ चुनावले फैसला गर्छ ।’

उनले प्रचण्ड माधव पक्षतिर कटाक्ष गर्दै भने ‘चुनाव गर्दा कसरी देश संकटमा जान्छ?’ भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्र नेपालमा मासिन नसक्ने बताउँदै कसैले पनि लोकतन्त्र तर्फ केही गर्छु भनेर नचिताए हुन्छ, नसोचे हुन्छ भन्दै लोकतन्त्र सुदृढ हुने बलियो हुने बताए । उनले नेपालमा जनता सचेत भइसकेका कारण लोकतन्त्र उज्ज्वल हुने जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित