
काठमाडौँ, २३ माघ । नेकपा ओली पक्षका नेता तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रचण्ड–माधव समूहलाई नक्कली सिसाको टुक्राहरु भएको र उनीहरु फुटेर गएको बताएका छन् ।
‘नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन्’, श्रेष्ठको भनाई छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपरेको भन्दै ‘लोकतन्त्र र संविधान गम्भीर संकटमा परको’ बताए ।
श्रेष्ठले वैशाख १७ गते निर्वाचन सकिने र २४ गते विशाल जनसभा गर्ने पनि बताएका छन् । ‘आगामी बैशाख १७ निर्वाचन सकिन्छ र २४ गते यस्तै विशाल जनसभा गर्छौ,’ श्रेष्ठको भनाई छ ।















प्रतिक्रिया