
काठमाडौँ, २२ माघ । प्रचण्ड–माधवकुमार नेपाल समूहको नेकपाले घोषणा गरेको आम हड्तालको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाको विशाल मार्चपास गरेका छन् ।
बिहीबार ओली पक्षको नेकपाले बन्दको विरोध गर्दै मार्चपास निकालेको हो ।
नेकपाका युवा नेता महेश बस्नेतको नेतृत्वमा शुक्रबार हुने आमसभाको सन्देश तथा बन्दको विरोध गरिएको छ ।
नेपाल बन्द गर्न पाइँदैनलगायतका नाराजुलुससहित निस्किएको विशाल जुलुसले प्रदर्शनी मार्ग, पुतलीसडक हुँदै नारायणहिटी दरबार संग्राहलयलगायत परिक्रमा गरेको थियो ।















प्रतिक्रिया