१२ कार्तिक २०८३, बिहिबार

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, पूर्वमन्त्री घाइते, प्रहरीको टाउको फुट्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

धनुषा, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा झडप भएको छ ।

जनकपुर शिवचोकमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् ।

झाडपमा बन्दकर्ता तर्फ नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घायते भएका छन् ।

नेता झाको टाउको र यादवको खुट्टामा चोट लागेको छ भने झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् । उनको टाउको फुटेको छ ।