१२ कार्तिक २०८३, बिहिबार

अर्थमन्त्री पौडेल र भारतीय राजदूतबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

बिहीबार अर्थमन्त्रीको निवासमा भेटवार्ता भएको हो । उनीहरुबीचको भेटवार्तामा देशको समसामयिक राजानीतिक घटना क्रमको बारेमा कुराकानी भएको छ । साथै भारतले नेपालमा विभिन्न परियोजनाहरुलाई छुट्याएको बजेटका बारेमा भेटवार्तामा छलफल भएको बताइएको छ ।

भारतले जारी गरेको बजेटमा नेपालका लागि १५ अर्ब ८७ करोड रुपैयाँ छुट्टयाइएको छ । उनीहरुबीचको भेटमा भारतले छुट्याएको उक्त रकम कहाँ कहाँ कुन कुन शीर्षकमा प्रयोग गरिनेबारे पनि छलफल भएको बताइएको छ ।

भेटमा नेपालले भारतबाट खरिद गर्ने कोरोना भ्याक्सिनका बारेमा कुराकानी भएको जनाइएको छ । भारतले यसअघि १० डोज कोरोनाविरुद्धको खोप नेपाललाई अनुदान दिसकेको छ । नेपालले थप खोप खरिद गर्ने प्रक्रिया थालेको बताइएको छ ।