काठमाडौँ, २१ माघ । प्रचण्ड माधव पक्षको नेकपाले बिहीबार आमहड्तालको घोषणा गरेको पूर्वसन्ध्यामा राँके जुलुस निकालेको छ ।
सो पक्षका कार्यकर्ताले वुधबार साँझ राजधानीको बागबजारमा मसाल जुलुस निकालेका हुन् ।
सरकारले गरेको संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा देशव्यापी आमहड्तालको घोषणा गरिएको उक्त पक्षले बताएको छ । यद्यपि नेकपा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने बिहीबार गरिएको आमहड्ताल शुक्रबार काठमाडौँमा गरिन लागेको आमसभालाई
असफल बनाउन भएको बताएका छन् । तर गृहमन्त्रालयले भने बिहीबार पसल व्यवसाय तथा यातायात सञ्चालन गर्न अपील गरेको छ ।















प्रतिक्रिया